विदेश

रुसमा बाँध भत्किँदा १७ जनाको मृत्यु

एजेन्सी, कात्तिक ७–रूसको कुरागिङ्स्की जिल्लामा रहेको एउटा बाँध भत्किँदा १७ जनाको मृत्यु भएको छ। स्थानीय सञ्चार माध्यमहरुले जनाए अनुसार जिल्लाको क्रास्नोयास्क्रो क्षेत्रमा रहेको बाँध भत्किएको हो। “नातेदारहरुले मृत्यु भएका सवै १७ जनाकै शव पहिचान गरिसकेका छन्,” रूसी आपत्कालीन सेवा केन्द्रीय कार्यालयलाई उद्धृत गर्दै रुसी समाचार संस्थाहरूले समाचार सम्प्रेषण गरेका छन्।

बाढीका कारण बाँध भत्किएको अधिकारीहरूले जानकारी दिएका छन्। अन्य चार बाँध पनि भत्किएकाले त्यसको असर समेत यो बाँधमा परेको बताइएको छ।अनुसन्धान टोलीका सदस्यहरुले १७ जनाको मृत्यु भएको र अरु तीन जना अझै हराईरहेको जनाएका छन्।

Featured