देश

सञ्चारमन्त्री भन्छन्–भिटेनको गीत सुन्दा लाजले रातोपिरो भइन्छ

काठमाडौं, कात्तिक ७–सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले कलाकार र पत्रकार समाजको जिम्मेवार पहरेदार मात्र नभई सभ्य समाज निर्माणको महत्वपूर्ण माध्यम पनि भएको बताएका छन् र्। यापर गायक भिटेन भनिने समीर घिसिङको पक्राउका सन्दर्भमा एक सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले कलाकारको प्रस्तुति र मिडियाले प्रयोग गर्ने भाषा सभ्य र मर्या्दित हुनुपर्ने बताए ।

उनले भने, ‘नेपालको आफ्नै मौलिकतालाई पनि नबिर्सौं, शब्दहरुको सापटी वा शब्दहरु ‘कम्युनिकेसन’को माध्यम पनि हुन् र देशको संस्कृतिको परिचय पनि हुन् । अहिलेको समाज जंगली त हैन, जसले जहाँ जे बोले पनि हुने, जे लेखे पनि हुने, जहाँसम्म पक्राउ परेका कलाकार भिटेन, ‘थापा’ लगायतको कुरा छ, भोलि अरु पनि पर्लान् जो जसका भए पनि सभ्य समाजका निम्ति पाच्य प्रस्तुति हुनुपर्छ, कालाकारिता समाजको ऐना हो । दिदी भाइ, बहिनी, आमा र परिवारसँग बसेर तिनले गाएको गीत सुन्नुस् अनुहार लाजले रातोपिरो हुन्छ कि हुँदैन ।’

Featured