देश

उत्तरी सीमानाका खोल्नुपर्नेमा मुख्यमन्त्री शाहीको जोड

सुर्खेत, कात्तिक ७–कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको समृद्धिका लागि चीनसँग जोडिएका उत्तरी नाका खोल्नुपर्ने बताएका छन् । चीन भ्रमणका विषयमा मुख्य मन्त्री कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले कर्णाली प्रदेशको सीमा चीनसँग मात्र जोडिएका कारणले उत्तरी नाका यस प्रदेशको समृद्धि नआउने धारणा राखेका हुन् ।

उनले कर्णाली प्रदेशको समृद्धिका लागि कर्णाली कोरिडोर, सुर्खेतको रिङरोड र सुर्खेतदेखि बर्दियासम्मको सुरुङ मार्गको निःशुल्क सर्वे गर्ने, कृषि क्षेत्रमा लगानीका विषयमा चीनसँग छलफल भएको बताए । ‘हामीले तिब्बतमा कर्णालीमा लगानीका विषयमा कुरा राखेका छौं,’ उनले भने, ‘चिनियाँ पक्षले पनि लगानीमा चासो देखाएका छन् ।’

उत्तरीमा चिनियाँ मोडेलमा कर्णालीमा एकीकृत बस्ती विकास गर्न पनि आवश्यक रहेको उनको भनाइ थियो । उनले भने, ‘एकीकृत बस्तीको विकास गर्न धेरै राम्रा घरहरू बनाएका रै’छन् त्यो तिब्बत, सिचुवान र छिन्ताओमा एकीकृत बस्तीको मोडेल हेर्ने काम भएको छ ।’

Featured