देश

उपराष्ट्रपति पुन सुर्खेतमा

सुर्खेत, कात्तिक ७–उपराष्ट्रपति नन्दबहादुर पुन कर्णाली प्रदेशको सुर्खेत आइपुगेका छन् । उनी जुम्लाको कनकासुन्दरी गाउँपालिकाको सिञ्जामा हुने कर्णाली खस राज्यको सांस्कृतिक महोत्सव उद्घाटनका लागि यहाँ आइपुगेका हुन् । जुम्लाको सिञ्जामा यही ८ कात्तिकदेखि सिञ्जा सांस्कृतिक महोत्सव सञ्चालन हुने कार्यक्रम छ ।

उपराष्ट्रपति पुनले बिहीबार सुर्खेतको धार्मिक पर्यटकीय स्थल काँक्रेविहार, देउती बज्यै मन्दिर र बुलबुले ताल अवलोकन भ्रमणसमेत गरेका छन् । उपराष्ट्रपति पुनको शुक्रबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत जुम्लाको सिञ्जा महोत्सव उद्घाटनका लागि त्यसतर्फ जाने कार्यक्रम छ ।

Featured