देश

नेप्से परिसूचक र कारोबार रकम दुवैमा वृद्धि

काठमाडौं, कात्तिक ७–तिहारअघिको अन्तिम कारोबार हुने दिन बिहीबार सेयर बजार परिसूचक नेप्से उकालो लागेको छ । बिहीबार नेप्से ६.७३ अंकले बढेर ११४९.३४ अंकमा पुगेको हो । निर्जीवन बिमा समूहबाहेक सबै समूहको परिसूचक उकालो लागेको छ । निर्जीवन समूह भने ०.१९ प्रतिशतले घटेको छ । बिहीबार १५५ कम्पनीको १२ लाख ४ हजार १५ कित्ता सेयर ३२ करोड ७६ लाख ३२ हजार रुपैयाँमा किनबेच भएको छ । यो कारोबार रकम दसैंपछिको उच्च हो ।

बिहीबार अरुण भ्याली हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै ८.३३ प्रतिशतले आम्दानी बढाएका छन् । त्यस्तै, सिनर्जी पावरको ६.५८, एनएमबी माइक्रोफाइनान्सको ६.५७ र माउन्टेन हाइड्रो नेपालको ६.३३ प्रतिशतले मूल्य बढेको छ । बिहीबार सबैभन्दा धेरै माछापुच्छ«े बैंकको ७ करोड ११ लाख र एनआईसी एसियाको ३ करोड ४५ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

Featured