देश

यौन उत्तेजना बढाउन भालुको लिंग काटेर खाने कुख्यात शिकारी पक्राउ

एजेन्सी, कात्तिक ७–जंगली जनावर भालु मारेर लिंग खाने एक कुख्यात शिकारी पक्राउ परेका छन् । यार्नेन नामले चिनिने ती शिकारीलाई प्रहरीले पक्राउ गरेको हो । लामो समयदेखि फरार रहँदै आएका उनलाई पक्राउ गर्नुलाई ठूलो सफलताका रूपमा हेरिएको छ । भारतको एउटा राष्ट्रिय निकुञ्जमा गुप्तांग काटिएका भाले भालुका शवहरू फेला परेपछि अधिकारीहरूले यस विषयमा अनुसन्धान गरेका थिए ।

फिरन्ते आदिवासी जनजाति यार्नेनले भालुको लिंग खाएमा यौन उत्तेजना बढ्ने अन्धविश्वासका कारण यसो गरेको मध्यप्रदेश वन विभागका रितेश सिरोठियाले बताएका छन् । यार्नेनलाई प्रहरीले १९ अक्टोबरमा गुजरातबाट पक्राउ गरेको थियो । उनी मध्य र पश्चिम भारतमा बाघ तथा अन्य लोपोन्मुख जनावरको अवैध शिकार र तस्करीमा संलग्न रहेको बताइएको छ । प्रहरीबाट जोगिनका लागि उनले विभिन्न छद्म नाम प्रयोग गर्ने गरेका थिए ।

उनलाई बुधबार अदालतमा उपस्थित गराइएको थियो । प्रहरीले उनलाई हिरासतमा राखेको छ । मध्यप्रदेशको दक्षिणी भागमा पाइने पर्धी (बेहलिया जाति परम्परागत रूपमा जङ्गलमा बस्छ। उनीहरू जीवनयापनका लागि शिकार गर्छन्।

Featured