विदेश

दिल्लीमा आक्रमण गर्ने पाकिस्तानी आतंकवादी संगठनको योजना रहेको दाबी

काठमाडौं, कात्तिक ७–पाकिस्तानी आतंकवादी संगठन जमात(उद(दावा (जेयुडी) र लस्कर(ए(तैयबा (एलइटी) ले भारतको राजधानी दिल्लीमा आक्रमण गर्ने योजना बनाएको खुफिया एजेन्सीले दाबी गरेको छ । दिल्लीमा सेना र रिसर्च एन्ड एनालिसिस विङ (र) का कार्यालयमा ती संगठनबाट आक्रमणको योजना बनेको न्युज एजेन्सीको रिपोर्टमा उल्लेख छ । खुफिया एजेन्सीहरूसँग आतंकवादी संगठनहरूले योजना बनाएको प्रमाण रहेको न्युज एजेन्सीले जनाएको छ ।

खुफिया एजेन्सीका अनुसार आतंकवादी समूहले अक्टुबर अन्त्यतिर दिल्लीमा प्रहरीहरूका आवास तथा प्रहरी र अर्धसैनिक बलका कार्यालयमा हमला गर्ने योजना बनाएको छ । भारतीय अनलाइन दैनिक भास्करका अनुसार यी दुवै आतंकवादी समूहको पथप्रदर्शक सन् २००८ मा मुम्बईमा आक्रमण गर्ने योजनाकार हाफिज सइदलाई अमेरिका, युरोपेली युनियन र संयुक्त राष्ट्रले विश्वस्तरीय आतंकवादी घोषणा गरेका छन् ।

एसिया(प्रशान्त क्षेत्रमा फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीए) ले पाकिस्तान मिथ टेरर फन्डिङ र आतंकविरूद्ध कारबाही नगरेको आरोप लगाएको समयमा यस्तो समाचार बाहिर आएको हो । आतंक फैलाउन ती समूहको भूमिका स्ष्ट हुँदाहुँदै पनि पाकिस्तानले जेयुडी र एलइटीसहित फलाह(ए(इन्सानियत फाउन्डेसन जस्ता कयौं प्रतिबन्धित संगठनविरूद्ध कारबाही नगरेको एफएटीएले बताएको छ ।

Featured