देश

असंलग्न राष्ट्रको सम्मेलनमा भाग लिन प्रम ओली अजरबैजान प्रस्थान

काठमाडौं, कात्तिक ७–प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको बाकु प्रस्थान गरेका छन् । असंलग्न राष्ट्रहरुको १८ औं सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली कतार एयरवेजको विमानमार्फत बाकु प्रस्थान गरेका हुन् । प्रधानमन्त्री ओलीसँगै पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईलगायत पनि बाकु प्रस्थान गरेका छन् ।

समकालीन विश्वको चुनौतीका लागि ठोस प्रतिक्रिया सुनिश्चितताका लागि वाङडुङ सिद्धान्तको उपयोगमा केन्द्रित हुने सम्मेलनमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखहरुसँग भेटवार्ता गर्नेछन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सम्मेलनपूर्वका विभिन्न सेसनहरूमा सहभागी हुन जापानबाटै बाकु पुगिसकेका छन् ।

Featured