देश

प्रधानमन्त्री भन्छन्ः संविधानलाई अन्तर्रा्ष्ट्रिय समुदायले सम्मान गर्न थाल्यो

काठमाडौं, कात्तिक ६–प्रधानमन्त्री केपीशर्मा ओलीले नेपालको संविधानले अंगिकार गरेका व्यवस्थालाई उत्कृष्ट ठहर्याउँदै अन्तर्रा्ष्ट्रिय समुदायले सम्मान गर्न सुरू गरेको बताएका छन् । नेपालको संविधानले प्राप्त गरेको ‘फ्युचर पोलिसी सिल्भर अवार्ड–२०१९’ बारे जानकारी तथा नेपाल सरकारलाई हस्तान्तरण गर्न आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले नेपालको संविधानले व्यवस्था गरेको लोकतन्त्र, सामाजिक न्याय, समानता तथा भेदभावरहित समाज निर्माणका विषयलाई अन्तर्रा्ष्ट्रिय रूपमा पहिचान गरी सम्मान गर्नु नेपालको सफलता भएको बताए । ‘हामीले तय गरेको राष्ट्रिय आकांक्षा र सामाजिक व्यवस्थालाई पहिचान गरेको हो, उनले भने, ‘अन्तर्रा्ष्ट्रिय समुदायले भर्खर नेपालको उपलब्धिलाई पहिचान गर्न थालेको छ । भोलिका दिनमा नेपालको संविधानले अझ ठूला सम्मान प्राप्त गर्नेछ ।’

प्रधानमन्त्री ओलीले युवा परिचालनसम्बन्धी कानुनी व्यवस्था र त्यसको व्यावहारिक पक्षलाई समेत मूल्यांकन गरेर यो अवार्ड नेपालले प्राप्त गरेको जानकारी दिए । संविधानमा युवा सहभागिता, सशक्तिकरण, विभेद अन्त्यको सुनिश्चितता, स्वच्छ वातावरणको सुनिश्चिततालगायतका कानुनी व्यवस्था उदारणीय भएकाले नेपाललाई अवार्ड दिइएको काउन्सिलले उल्लेख गरेको छ ।

युवाका लागि राष्ट्रिय युवा नीति नर्माण गरी राष्ट्रिय युवा परिषद् गठनलाई पनि नेपालको युवा अधिकार बारेको उपलब्धि भनिएको छ । सर्बियाको राजधानी बेलग्रेडमा हालै आयोजित अन्तर–व्यवस्थापिका संघ (आईपीयू)को १४१औं सम्मेलनमा नेपालको संविधानले शान्तिपूर्ण रूपमा द्वन्द्व व्यवस्थापन तथा युवा सहभागिता र अधिकारबारे हासिल गरेको सफलतालाई पहिचान गरी अवार्ड प्रदान गरिएको थियो ।

आईपीयू, संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यूएनडीपी) र वल्र्ड फ्यूचर काउन्सिलद्वारा गठित निर्णायक मण्डलले नेपालालगायत अन्य आठ देशलाई विभिन्न विधामा अवार्ड प्रदान गरेको थियो । सो अवार्ड आईपीयूमा सहभागी नेपालको संघीय संसदको प्रतिनिधिमण्डलको नेतृत्व गरेका राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक कार्यक्रमबीच ग्रहण गरे ।

Featured