देश

३ वर्षीय बालकको फरार अपहरणकारी पक्राउ

जनकपुर, कात्तिक ६–३ वर्षीय बालकलाई अपहरण गरी फरार रहेका पर्साका रुस्तम देवानलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई पर्सा प्रहरीमातहतको प्रहरीले उनकै गाउँघरमा लुकीछिपी बसेको अवस्थामा बुधबार पक्राउ गरेको हो ।

रुस्तम देवानले पर्सा जिल्लाको पर्सागढी नगरपालिका– ३ बाट बलराम उपाध्यायको आँगनमा खेलिरहेका उनका नाति बालकृष्ण मैनालीका ३ वर्षीय छोरा आयुष मैनालीलाई अपहरण गरी बन्धक बनाएका थिए ।

पक्राउ परेका देवान पर्साकै वीरगन्ज महानगरपालिका– ३१, प्रसौनीका स्थानीय रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक वीरेन्द्र शाहीले बताए । प्रहरीले अपहरित बालकलाई हराएको केही समयपछि सकुशल उद्धार गरेको थियो । अपहरणकारी देवानलाई अपहरण तथा शरीर बन्धक शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेकोे पर्सा प्रहरीले जनाएको छ ।

Featured