राजनीति विदेश

राहुल गान्धीद्वारा पार्टी अध्यक्ष बाट राजीनामा

एजेन्सी– भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धीले पार्टी अध्यक्ष पदबाट राजीनामा दिएका छन्। बुधबार चार पेजको विज्ञप्ति जारी गर्दै उनले राजीनामा दिएको घोषणा गरेका हुन्। विज्ञप्तिमा भनिएको छः ‘पार्टी अध्यक्ष भएको नाताले लोकसभा निर्वाचनमा बेहोरिएको हारको जिम्मेवारी म लिन चाहान्छु ।

त्यसैले पार्टीको भविष्यको जिम्मेवारी लिँदै म राजीनामा दिएको घोषणा गर्छु।’ अध्यक्षको जिम्मेवारीबाट हटेको विज्ञप्ति जारी गरेलगत्तै गान्धीले अब आफु पार्टी अध्यक्ष नरहेको प्रतिक्रिया दिएका छन्। राहुल सन् २०१७ डिसेम्बरबाट काँग्रेस पार्टीको अध्यक्ष चुनिएका थिए । उनले गत मे २५ मा पार्टी केन्द्रीय समितिको बैठकमा राजीनामा दिएका थिए। गत महिना भएको लोकसभा निर्वाचनमा पार्टीले ठुलो हार बेहोरेपछि उनी पार्टी अध्यक्ष रहने कि नरहने भन्नेमा बहस चर्किदै गएको थियो।

राहुलले राजीनामा दिएसँगै अब कसले पार्टीको नेतृत्व गर्ने भन्ने बहस उत्कर्षमा आएको पुगेको छ। पछिल्लो समययता सो पार्टीको नेतृत्वमा गान्धी परिवारको विकल्प खोजिनुपर्ने बहस समेत सतहमा आएको छ।

Featured