विदेश

ट्रकबाट ३९ शव बरामद, चालक पक्राउ

एजेन्सी, कात्तिक ६–लण्डनका पूर्वी क्षेत्र इसेक्समा एउटा ट्रकबाट ३९ वटा शव बरामद गरिएको छ । वाटरग्लेड इन्डस्ट्रियल पार्क नजिक ट्रकमा शव भेटिएपछि एम्बुलेन्स सेवाले प्रहरीलाई खबर गरेको थियो ।

प्रहरीले हत्याको आशंकामा ट्रक चालकलाई पक्राउ गरेको छ । प्रहरीले ट्रकका चालक उत्तरी आयरल्यान्डका भएको र करिब २५ वर्षका भएको जनाएको छ । इसेक्स प्रहरीले सो ट्रक बुल्गेरियाबाट आएको र शनिबारको दिन बेलाायत प्रवेश गरेको जनाएको छ । मृत्यु भएकाहरूमध्ये एक जना २० वर्षभन्दा कम उमेरको भएको बताइएको छ ।

Featured