देश

टोटनह्यामको फराकिलो जित, केन र सनको २–२ गोल

एजेन्सी, कात्तिक ६–साबिक उपविजेता टोटनह्याम हट्सपरले च्याम्पियन्स लिगको जारी सिजनमा पहिलो जित निकालेको छ । समूह बी अन्तर्गत गएराति भएको खेलमा टोटनह्यामले रेड स्टार बेलग्रेडमाथि ५–० को जित निकालेको हो । पहिलो हाफमा तीन गोल गरेको टोटनह्यामले दोस्रो हाफमा थप २ गोल थप्यो । उसको जितमा ह्यारी केन र सन ह्युङ–मिनले दुई–दुई गोल गरे भने एरिक लामेलाले एक गोल गरे ।

केनले ९ र ७२ औं मिनेटमा गोल गरेका थिए भने सनले १६ र ४४ औँ मिनेटमा गोल गरे । खेलको ५७ औं मिनेटमा लामेलाले गोल गरेका थिए । जितपछि तीन खेलबाट चार अंक जोडेको टोटनह्याम समूहको दोस्रो स्थानमा पुगेको छ । शीर्ष स्थानमा रहेको बायर्न म्युनिखको ९ अंक छ । गएराति नै भएको खेलमा बार्यन म्युनिखले ओलम्पिकासलाई ३–२ ले पराजित गरेको छ ।

Featured