काठमाडौं, असार १९
अर्घाखाँचीको सुपादेउराली नजिकै जिप दुर्घटना भएको छ। कृष्णनगरबाट सन्धिखर्क जाँदै गरेको लु १ ज १३२९ नम्बरको जिप दुर्घटना भएको हो।
सुपादेउरालीको मन्दिर र खाँचीखोला पुलको बिचमा जिप पल्टिएर खोलामा पुगेको छ। ११ जना सवार रहेको जिपका ३ जनाको मृत्यु भैसकेको प्रहरीले पुष्टी गरेको छ।
सन्धिखर्क जाँदै गरेको गाडी एक्कासि ब्याक भएको र पल्टिएर खोलामा पुगेको प्रत्यक्षदर्शीको भनाइ छ। घटनास्थलमा प्रहरी पुगेको तर गाडी खोलामा पुगेकाले उद्दारकार्यमा कठीनाई भएको प्रहरीले बताएको छ।
प्रतिक्रिया दिनुहोस