देश राजनीति

प्रधानमन्त्री तथा मन्त्रीलाई माक्स नलगाइ काठमाडौँको सडकमा हिँडेर देखाउन सांसद चुनौती

काठमाडौं, असार १९, प्रतिनिधिसभाका सासद रंगमती शाहीले काठमाडौँको सडकमा मन्त्रीहरुलाई माक्स नलागाइ हिडेर देखाउन चुनौती दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रीले काठमाडौँको सडकमा धुवाँ र धुलो कम भएर माक्स लगाउनु पर्ने अवस्था अब नरहेको बताएपछि सांसद शाहीले सो चुनौती दिनुभएको हो।

बिहीबार बसेको संसदको विकास तथा प्रविधि समितिमा हाफ्नो धारणा राख्दे उहाँले सो चुनौती दिनुभएको हो। समितिमा बोल्दै उहाँले भन्नुभयो म आफु स्कुटर प्रयोग गर्छु, धुलो नियन्त्रण भएको छ की छैन भन्ने देखाउनको लागि भौतिक पूर्वाधार तथा यातायत मन्त्री रघुविर महासेठलाई आफ्नै स्कुटर पछाडि राखेर बनस्थलीसम्मको यात्रा गराउन तयार छु उहाँले भन्नुभयो।

माक्स विना एकै छिन पनि सडकमा उभिन नसक्ने अवस्था रहेको बेला, प्रधामन्त्रीले काठमाडौंमा धुलो र धुँवाको कारण अब माक्स लगाउन नपर्ने भन्ने अभिव्यक्ति हास्यास्पद रहेको पनि बताउनुभयो।