देश

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आज भयो शिलान्यास

काठमाडौं, कात्तिक ४–नागढुंगा–सिस्नेखोला सुरुङमार्गको सोमबार शिलान्यास भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सो सुरुङमार्गको चन्द्रागिरी नगरपालिका– १, टोटी टोलमा आयोजित एक कार्यक्रमका बीच शिलान्यास गरेका हुन् ।

जापानिज कम्पनीले आयोजना निर्माणको जिम्मा लिएको उक्त सुरुङमार्ग धादिङको सिस्नेखोलाबाट सुरू भएर टोटी टोलमा टुंगिन्छ । आयोजना प्रमुख श्यामप्रसाद खरेलका अनुसार जापान सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा ५.५६ किलोमिटर लम्बाइको उक्त सुरुङमार्ग ४२ महिनाभित्र सम्पन्न गर्ने गरी निर्माण कम्पनीलाई जिम्मा दिइएको हो ।

आयोजना प्रमुख खरेलका अनुसार जापान सरकारको १६ अर्ब ऋण सहयोग र नेपालको ६ अर्ब गरी २२ अर्ब रुपैयाँको लगानीमा सो सुरूङमार्ग बन्न लागेको हो । शिलान्यास कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, भौतिक योजना तथा पूर्वाधारमन्त्री रघुवीर महासेठ, खानेपानी मन्त्री बिना मगरलगायतको उपस्थिति थियो ।

Featured