NRNA खबर देश विदेश

मस्कोमा सुतेकै अवस्थामा एक नेपाली मृत फेला

काठमाडौं, कात्तिक ४–रुसको राजधानी मस्कोमा सुतेकै अवस्थामा एक नेपाली मृत अवस्थामा फेला परेका छन् । सुनसरीको इटहरी घर भएका २३ वर्षिय विवेक दाहाल मस्को स्थित आफ्नै कोठामा मृत अवस्थामा फेला परेका हुन् । बेलुका सुतेका विवेक बिहान हेर्दा मृत्यु अवस्थामा भेटिएको उनीसँगै बस्ने नेपालीले जानकारी दिएका हुन ।

मृतक दाहाल दुई वर्ष अघि मस्कोको दुब्रोभ्का भन्ने ठाउँमा कार्यरत थिए । उनको शव पोष्टमार्टमका लागि रुसको आस्पातलमा लगिएको जनाइएको छ ।

Featured