देश

अयोग्यलाई ठेक्का दिँदा अलपत्र

काठमाडौं, कात्तिक ४–नेपाल दूरसञ्चार प्राधिकरणले कानुन मिचेर अयोग्य कम्पनीलाई ठेक्का दिँदा अप्टिकल फाइबर बिछ्याउने परियोजना अलपत्र बन्न पुगेको छ। प्राधिकरणले कर्णाली र सुदूरपश्चिम प्रदेशमा अप्टिकल फाइबर बिछ्याउन स्मार्ट टेलिकमलाई तीन अर्ब ९४ लाख रुपैयाँमा ठेक्का लगाएको थियो। स्मार्टले सम्झौताबमोजिम काम नगरेपछि प्राधिकरणले सम्झौता रद्द गरेको छ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले तोकिएको अवधिभित्र काम पूरा नगरेकाले स्मार्टसँगको सम्झौता रद्द भएको बताए। सम्झौता २०६४ साउन ३० गते भएको थियो। सम्झौतामा दुई वर्ष्भित्र काम सक्नुपर्ने उल्लेख थियो। प्राधिकरणलाई प्रभावमा पारेर स्मार्ट तीन महिना म्याद थपाउन सफल भएको थियो। थपिएको समयमा पनि स्मार्टले काम नगरेपछि प्राधिकरणले सम्झौता रद्द गरेको हो।

सम्झौतामा स्मार्टले कर्णाली र सुदूरपश्चिम प्रदेशमा २५ सय १२ किलोमिटर अप्टिकल फाइबर बिछ्याउने काम २ वर्ष्भित्र सम्पन्न गर्नुपर्ने उल्लेख छ। तर स्मार्टले दुई वर्षमा २० किलोमिटर पनि नबिछ्याएको प्रवक्ता अर्यालले जनाए। यो समाचार आजको नागरिक दैनिकले छापेको छ ।

Featured