देश

ऋणको प्रलोभन देखाएर बैंकका हाकिमले बलात्कार गरेको आरोप

विराटनगर, कात्तिक ४–मोरङमा सात महिनाअघि बैंकिङ लोनको प्रलोभन देखाएर भएको बलात्कारको घटनाबाट पीडित बनेकी युवती बकपत्र दिन आउँदा आइतबार अदालतमै बेहोस भएर ढलिन् । पीडक पक्षको पैसामा मिल्न अत्याधिक दबाबका कारण पीडासँगै मानसिक तनाव झेल्दै आएकी उनी आफूलाई सम्हाल्न नसक्दा बेहोस भइन् । उनको अहिले कोसी अस्पतालमा उपचार भइरहेको छ ।

पीडक पक्षले पैसाको लोभ देखाउँदै दिएको विभिन्न दबाब र धम्कीका कारण उत्पन्न तनाव थेग्न नसकेर बकपत्रका दिन युवती अदालतमै बेहोस भएको पीडित पक्षको दाबी छ । घटनाअनुसार २०७५ साल चैतमा पाँच लाख रुपैयाँ ऋण माग गर्न विराटनगर घर भएकी युवती मोरङको कर्सियास्थित नेपाल बंगलादेश बैंकको शाखा कार्यालय पुगेकी थिइन् । त्यसक्रममा बैंकका शाखा प्रबन्धक झापाको बिर्तामोड ५ पञ्चमुखी टोल घर भएका ४५ वर्षीय अमित बास्तोलाले ऋणको प्रलोभन देखाएर बलात्कार गरेको पीडित युवतीले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।

प्रहरी अनुसन्धानबाट चैत २२ गते मोरङको रंगेली नगरपालिका ७ मा रहेको मेलिना होटल र चैत २६ गते सुनसरीको इटहरीमा रहेको बुद्ध गेस्ट हाउसमा बलात्कार गरेको खुलेको छ । यो समाचार आजको अन्नपूर्ण पोष्टले छापेको छ ।

Featured