देश

पल्सर एनएस २०० अब एबीएसमा, मूल्य ३ लाख ३४ हजार

काठमाडौं, कात्तिक ३–बजाज मोटरसाईकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ पल्सर एनएस २०० मा एन्टी–लकिङ्ग ब्रेकिङ्ग सिस्टम (एबीएस) ल्याएको छ । एन्टी–लकिङ्ग ब्रेकिङ्ग सिस्टम दुई पाङग्रे सवारी साधनहरुको सडक सुरक्षाका लागि निकै महत्वपूर्ण बन्दै गइरहेको छ । एबीएसको प्रयोगले चक्का लक हुनबाट जोगाउनुका साथै जोखिमपूर्ण सडकमा चालकलाई सवारी नियन्त्रणमा सहयोग गर्ने कम्पनीले जानकारी दियो ।

एबीएस भएको सवारी साधन सधैं सुरक्षित हुने बताइएको । यसले ब्रेकिङ्ग दुरी कम गर्ने र जोखिमपूर्ण सडक वा आपतकालिन अवस्थामा मात्र नभएर दैनिक रुपमासमेत बाइक चिप्लनबाट जोगाउन सहयोग गर्ने बताइन्छ । यस्तै, ब्रेक लगाउन पनि मद्दत गर्ने, सवारी चलाउने क्रममा चोटपटक लाग्न सक्ने सम्भावना न्यून गर्ने र बाइकको स्थिरता बढाउने कम्पनीको दाबी छ । एबीएस भएको पल्सर एनएस २०० को शुरुवाती मुल्य ३ लाख ३४ हजार ९ सय रुपैयाँ रहेको छ । यो देशभर रहेको बजाजको सबै आधिकारिक शोरुमहरुमा उपलब्ध छ ।

Featured