देश

महरालाई अझै पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं, कात्तिक ३–निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई अनुसन्धानका लागि थप पाँच दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतले २ गतेवाट लागु हुनेगरी पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालयमा करिब ७ घण्टा बयानपछि आइतवार अपरान्ह उनलाई अदालत पेस गरेको थियो । उनलाई प्रहरीले १९ असोजमा पक्राउ गरेको थियो । यसअघि १३ दिनको म्याद पाएको प्रहरीले दोस्रो पटक ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

Featured