देश

पार्वत गुरुङ अदालतमा हाजिर

काठमाडौं, कात्तिक ३–सांसद पार्वत गुरुङ काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोप लागेका गुरुङलाई केही दिनअघि अदालतले हाजिर हुन भनेको थियो ।

आफ्ना कानुन व्यवसायीसहित गुरुङ आइतबार स्वयम् अदालतमा उपस्थित भएका हुन् । केहीबेरमा उनीमाथि लागेको आरोपबारे काठमाडौं जिल्ला अदालतको ७ नम्बर इजलासमा बहस हुनेछ ।

Featured