शिक्षा

ईपीएसको नतिजा सार्वजनिक

काठमाण्डौ, १३ असार, शुक्रवार

रोजगार अनुमति प्रणाली (इपिएस) शाखाले कोरियाली भाषा परीक्षा २०१९ को परीक्षाफल सार्वजनिक गरेको छ। गत जेठ २५ र २६ गते भएको कोरियाली भाषा परीक्षामा सहभागी मध्ये १२ हजार ९ जना परीक्षार्थी उत्तीर्ण भएका छन्।

यस वर्षको कोरियाली भाषा परीक्षाका लागि ९२ हजार ३ सय ५६ जनाले दिएको आवेदन मध्ये ८४ हजार २ सय १५ जना मात्रै भाषा परीक्षामा सहभागी थिए। परीक्षामा ८ हजार १ सय ४१ जना उपस्थित भएका थिए। अमर्यादित काम गर्ने १ सय ५६ जनाको परीक्षा रद्द गरिएको थियो।

भाषा परीक्षाको नतिजा www.epsnepal.gov.np  को वेबसाइट मार्फत हेर्न सकिनेछ। दक्षिण कोरियाले १० हजार ५० कामदार लैजाने निर्णय गरेको छ। जसमध्ये उत्पादनमुलक कामका लागि ७ हजार ५० र कृषिका लागि ३ हजार कामदार लैजाने इपिएस शाखाले जनाएको छ।