देश

जुवा खेलिरहेको अवस्थामा एक दर्जन जुवाडे पक्राउ

सुर्खेत, कातिक ३–कालिकोटको खाँडाचक्र नगरपालिका–२ जितेबजारबाट १२ जना जुवाडे पक्राउ परेका छन् । शनिबारराति जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका उनीहरुबाट १ लाख १७ हजार ३ सय ५६ रुपैयाँ नगद, ५ बुम तास र ९ वटा मोबाइल बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख श्यामबाबु ओलियाले बताए ।

पक्राउ पर्नेमा खाँडाचक्र नगरपालिका–२ का प्रकाश शाही, रास्कोट नगरपालिका–८ का मदन न्यौपाने, वेदराज न्यौपाने, रास्कोट नगरपालिका–१ तपेन्द्रबहादुर शाही, रास्कोट–२ दयाराम जैशी, सान्नी त्रिवेणी गाउँपालिका–८ का अमर केसी, रास्कोट नगरपालिका–२ हर्षबहादुर बम, रास्कोट नगरपालिका–४ का जगत टमट्टा, रास्कोट नगरपालिका–४ का दीपेन्द्रबहादुर शाही, नरहरिनाथ गाउँपालिका–३ का अमर बुढा, रास्कोट नगरपालिका–१ का प्रकाश तिरुवा र सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१ का हेम सिजापतिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख ओलियाले बताए । इन्स्पेक्टर इच्छा जोशीको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

Featured