देश

डोटीमा बस दुर्घटना, १० घाइते

धनगढी, कात्तिक २–डोटी, कात्तिक २–डडेलधुराबाट महेन्द्रनगरतर्फ गइरहेको बस डोटीको गरुडमामा दुर्घटना भएको छ । भीम दत्त राजमार्गको जोरायल गाउँपालिका वडा नं २ को गरुडमामा ना ४ ख ८२३५ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा १० जना घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको पनि प्रहरीले जानकारी दिएको छ । घाइतेहरुलाई उपचारका लागि पद्मा अस्पताल लगिँदै छ । दुर्घटनामा बस सडकबाट १० मिटर तल खसेको थियो ।

Featured