देश

रियन्सको ठगीधन्दा : निसानामा गरिब र बेरोजगार युवा

काठमाडौं, कात्तिक २–राजापुर नगरपालिका–५ का लक्ष्मण थारुले एक वर्षअघि स्थानीय एक सहकारीबाट ब्रोइलर कुखुरा पालन गर्ने भनी एक लाख ऋण लिए। त्यही पैसाले केही कुखुरा किनेर व्यवसाय पनि थाले। त्यत्तिकैमा भारतीय नेटवर्किङ बिजनेस कम्पनी ओरियन्सको एजेन्ट भएर काम गरेमा छोटो समयमै लाखौ रुपैयाँ कमाउन सकिने सपना उनलाई देखाइयो। उनी ओरियन्सको सदस्य बन्न ९६ हजार रुपैयाँ बोकेर भारतको लखिमपुर हानिए।

कुखुरा पाल्न सहकारीबाट लिएको पैसा बुझाएर उनी ओरियन्सको सदस्य बने अनि त्यहाँबाट केही औषधि पनि ल्याए। चिकित्सकसँग सल्लाह लिँदा ती शक्तिवर्द्धक औषधि भएको खुल्यो। ‘छोटो समयमै धनी बन्ने सपना देखेर कुखुरा पालन व्यवसाय छाडेर ओरियन्सको सदस्य भएँ तर धनी बन्ने सपना देखाउने सो कम्पनीले नै ठगी गरेर मलाई डुबायोे,’ उनले भने, ‘सहकारीको ऋण तिर्न अहिले मजदुरी गरिरहेको छु।’

खोर बनाएर धेरै कुखुरा पाल्ने योजना बुनेका उनी ओरियन्सको सदस्य बनेर छोटै समयमा धनी बन्ने सपना देख्दा अहिले ‘घर न घाट’ का भएका छन्। यो समाचार आजको नागरिक दैनिकले छापेको छ ।

Featured