देश

असुरक्षित गर्भपतनको जोखिम बढी

काठमाडौं, कात्तिक २–किशोरी एवं महिला अज्ञानताका कारण असुरक्षित गर्भपतन गर्न बाध्य भइरहेका छन्। मातृ मृत्युदर गराउने प्रमुख कारणमध्ये असुरक्षित गर्भपतन पनि एक हो। असुरक्षित गर्भपतन गर्न स्वास्थ्य संस्था जान पनि हिच्किचाउने प्रवृत्ति छ। कसैले देख्छ वा थाहा पाउँछ कि भनेर डराउँछन् उनीहरू। गर्भपतन सेवा निःशुल्क छ। तर, महिलालाई यो सेवा निःशुल्क प्राप्त गर्न सकिन्छ भन्ने जानकारी समेत छैन।

धामी, झाँक्रीसमक्ष पुग्ने, झारपात वा अन्य औषधि प्रयोग गरिरहेको पाइन्छ। असुरक्षित गर्भपतनले शारीरिक एवं मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ। हर्मोनमा असन्तुलन हुन सक्छ। महिनावारीमा गडबडी हुने जोखिम हुन्छ। असुरक्षित गर्भपतनले जीवन नै जोखिममा पर्ने हुन्छ। गर्भपतन गराउँदा औजार सफा नभएको अवस्थामा हेपाइटाइटिस बी र एचआइभीको संक्रमण हुने खतरा हुन्छ। त्यसैले पनि असुरक्षित गर्भपतन गर्नु हुँदैन। आजको अन्नपूर्ण पोष्टले छापेको छ ।

Featured