देश

आदीवासी जनजातीको प्रथम अन्तराष्ट्रिय सम्मेलन काठमाडौमा सुरु

काठमाडौं, कार्तिक १–आदीवासी जनजाती समुदायको प्रथम अन्तराष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ । नेपाल आदीवासी जनजाती महासंघको प्रथम अन्तराष्ट्रिय सम्मेलन शुक्रबारदेखी काठमाडौँमा सुरु भएको हो । सम्मेलनको सामुहिक रुपमा उद्घाटन गरिएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मा, महासंघका पूर्व अध्यक्षहरु पर्शुराम तामाङ, राजकुमार लेखी, नगेन्द्र कुमाल, आदीवासी जनजाती अगुवा इन्द्र बहादुर गुरुङलगायतले सम्मेलनको सामुहिकरुपमा उद्घाटन गरे ।

विदेशमा रहेका नेपाली आदीवासी जनजातीलाई एकत्रित गर्न र उनिहरुको हक अधिकारका सवालमा साझा धारणा बनाउन सम्मेलन आयोजना गरिएको नेपाल आदीवासी जनजाती महासंघका उपाध्यक्ष श्याम मण्डलले जानकारी दिए ।

शनिबार सम्म चल्ने सम्मेलनको बन्द सत्रले काठमाडौं घोषणापत्र जारी गर्ने जनाइएको छ । सम्मेलनमा विभिन्न १७ देश स्थित आदीवासी जनजाती महासंघका ५÷५ जना गरि ८५ जना प्रतिनिधिहरुको सहभागिता रहेको उपाध्यक्ष मण्डलले बताए ।

Featured