काठमाडौं, कात्तिक १–म्यान्माका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा यही असोज २९ गतेदेखि म्यान्माको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी आज साँझ म्यान्माको यङ्गोन शहर आइपुगेकी छन् । उनी आफ्ना प्रतिनिधिमण्डलका साथ राजधानी नेपितबाट विशेष उडानबाट पिन ऊ लिन र बगान शहर हुँदै पुरानो राजधानी (रङ्गुन) आइपुगेकी हुन् ।
उनलाई नेपित अन्तरराष्ट्रिय विमानस्थलमा म्यान्मा सङ्घका अन्तरराष्ट्रिय सहयोगमन्त्री क्य तीन र नेपित शहरका प्रमुख म्यो आङले बिदाइ गरेका थिए । प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा. हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी तथा मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ पदाधिकारीलगायत छन् ।
उनको म्यान्मा भ्रमण यही कात्तिक ३ गतेसम्म हुनेछ । नेपितमा रहँदा राष्ट्रपति भण्डारीको म्यान्माका राष्ट्रपति मिन्त, स्टेट काउन्सिलर आङ सान सु ची र त्यहाँका सेना प्रमुख मिन आङ ह्यलिङसँग भेटवार्ता भएको थियो ।
प्रतिक्रिया दिनुहोस