देश

पाँचदिने जनकपुर महोत्सव आजदेखि सुरू

जनकपुर, कात्तिक १–सिया इभेन्टसको आयोजनामा शुक्रबारदेखि जनकपुरधाममा जनकपुर महोत्सव २०७६ सञ्चालन भएको छ । पाँच दिनसम्म सञ्चालन हुने उक्त महोत्सवको प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउतले उद्घाटन गरेका हुन् ।

सो अवसरमा मुख्य मन्त्री राउतले आफ्नो ठाउँको विकास र समृद्धिका लागि आफैं उठ्न आग्रह गरे । मिशन र उद्देश्यमा अडिग रहेर गरेको आजको सुरुवातले भोलि राम्रो प्रतिफल दिने उनको भनाइ थियो ।

मेलामा नेपाल, बंगलादेश, भारत र पाकिस्तानका विभिन्न कम्पनीको स्टल राखिएको छ । मेलाको उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश अध्यक्ष शिवशंकर साह हिरा, जनकपुर उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष जितेन्द्र साहलगायतले बोलेका थिए ।

Featured