NRNA खबर देश

एनआरएनए अध्यक्षमा कुमार पन्त विजयी (अपडेट)

काठमाडौं, कात्तिक १–गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । पन्त अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यलाई १११ मतले पछि पार्दै पन्त एनआरएनएको अध्यक्षमा विजयी भएका हुन्। उनले ११८१ मत प्राप्त गरे भने आचार्यले जम्मा १०७० मत पाए। महासचिवमा हेमराज शर्मा, कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ विजयी भएका छन् । बिहीबार भएको निर्वाचनमा २ हजार ३ सय ४१ मत खसेको थियो ।

एनआरएनएको नवौं अन्तर्रा्ष्ट्रिय महाधिवेशन गत असोज २८ देखि सुरु भएको थियो । ३० गतेसम्मका लागि महाधिवेशन तय गरिएको भए पनि विभिन्न विवादका कारण सम्मेलन लम्बिएको छ । सुरुमा विद्युतीय मेसिनबाट मतदान हुने भनिएपनि पछि विवाद भएपछि मतपत्र नै प्रयोग गरिएको हो । निर्वाचनमा ४२ पदका लागि ७६ जना चुनावी मैदानमा छन् । अधिवेशनबाट आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन हुनेछ ।

Featured