देश

कांग्रेसमा छलफल नै अवरुद्ध :कार्यसम्पादन र विभाग गठन अन्योलमै

काठमाडौं, कार्तिक १–पार्टीको केन्द्रीय समिति बैठक नबसेको अवस्थामा महत्वपूर्ण काम कारबाही गर्न सक्नेगरी विधानले व्यवस्था गरेको अधिकार सम्पन्न कार्यसम्पादन समिति र रिक्त रहेका पार्टीका विभाग गठनका विषयमा नेपाली कांग्रेसभित्र छलफल नै रोकिएको छ ।

संसद्भित्र प्रमुख प्रतिपक्षको भूमिकामा रहेको कांग्रेसको १३औं महाधिवेशन सकिएको तीन वर्ष बित्दासमेत केन्द्रमा २८ विभाग, प्रत्येक प्रदेशमा २२ गरी सात प्रदेशमा कुल १ सय ५४ विभाग र पार्टीको केन्द्रीय कार्यसम्पादन समिति रिक्त छ । कांग्रेस विधानमा २९ सदस्यीय कार्यसम्पादन समिति रहने उल्लेख छ ।

कांग्रेसको गत पुसमा राजधानीमा सम्पन्न महासमिति बैठकबाट पारित संशोधित विधानले प्रदेश समितिमा समेत विभाग रहनेगरी व्यवस्था गरेको छ । कांग्रेसभित्र हरेकजसो केन्द्रीय समिति बैठकमा सो विषयमा आवाज उठे पनि पार्टी्भित्रको गुटगत आधारमा भागबन्डा नमिल्दा गठन हुन नसकेको हो । कार्यसम्पादन समिति गठनका विषयमा भागबन्डा गर्न सहमति जुटाउन भन्दै सभापति शेरबहादुर देउवाले गत चैतमा बूढानीलकण्ठस्थित आफ्नै निवासमा बैठक नै डाकेका थिए ।

गत २३ चैतमा बोलाइएको केन्द्रीय समिति बैठकमार्फत सभापति देउवाले कार्यसम्पादन समिति गठनको तयारी गरेको भएपनि भागबन्डामा सहमति हुन नसक्दा हालसम्म पनि गठन हुन सकेको छैन । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कार्यसम्पादन समिति गठनका विषयमा आफूले सभापति देउवालाई सहमतिको फर्मुला दिए पनि सभापति सोअनुरूप नचलेको र १४औं महाधिवेशनसमेत धकेल्ने प्रयत्नमा लागेको बताए ।

‘सभापतिजीलाई मैले कार्यसम्पादन गठनमा सहमतिको फर्मुला दिएको हो, सहमतिबाट पनि नचल्ने महाधिवेशन पनि धकेल्दै लैजाने अवस्था देखिँदै छ, सभापतिले इमानदारिता देखाउनुपर्नेमा सक्नुभएन,’ कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भने । यो समाचार आजको राजधानी दैनिकले छापेको छ ।

Featured