देश

रवि लामिछाने अब विदेश जान पाउने

काठमाडौं, असोज ३०–आत्महत्या दुरुत्साहन अभियोगको मुद्दा खेपिरहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेविरुद्धको मुद्दामा आज उच्च अदालत पाटनअन्तर्गत हेटौंडा इजलासले जिल्ला अदालत चितवनको आदेश सदर गरेको छ । तर चितवन जिल्ला अदालतको अनुमतिमा मात्रै विदेश जान पाउने जिल्ला अदालतको आदेशलाई भने बदर गरेको छ । योबाहेक सबै आदेश सदर भएको उच्च अदालत पाटन हेटौंडाले जनाएको छ ।

बिहीबार भएको इजलासमा सरकारी वकिलले रविलाई थुनामा राख्न माग गरेका थिए भने रवि पक्षका कानून व्यवसायीले विदेश जान लगाइएको रोक बदर गर्नुपर्ने र साधारण तारेखमा रिहा गर्न आदेश दिनुपर्ने माग इजलाससमक्ष गरेका थिए ।

जिल्ला अदालत चितवनको आदेशविरुद्ध लामिछानेले हालेको निवेदनमा उच्च अदालत पाटनअन्तर्गतको हेटौंडा इजलासमा आज सुनुवाइ भएको हो । उच्च अदालतका न्यायाधीशद्वय चण्डीराज ढकाल र महेन्द्रनाथ उपाध्यायको इजलासमा सुनुवाइ भएको थियो । चितवन जिल्ला अदालतले उनलाई अदालतको अनुमतिबिना विदेश जान रोक लगाउँदै ५ लाख धरौटीमा रिहा गरेको थियो ।

Featured