देश

विद्यालयको पर्खाल भत्किँदा एक छात्राको मृत्यु

जनकपुरधाम, असोज ३०–धनुषाको जनकनन्दनी गाउँपालिकास्थित केएसएचबी उच्च माध्यमिक विद्यालयको पर्खाल भत्किँदा एक छात्राको मृत्यु भएको छ । वडा नंं ४ खजुरीस्थित सो विद्यालयमा पढाइ भइरहँदा पर्खाल भत्किएको थियो । स्थानीय राजकुमार सादाकी ७ वर्षिय छोरी ससना सादाको कक्षामा पढिरहेको बेला लडेको पर्खालले किचेर मृत्यु भएको हो ।

पर्खालले किचिएर अचेत भएकी ससनालाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगिएको थियो । तर, चिकित्सकले उनलाई तत्काल मृत घोषणा गरेका थिए । पर्खालले किचेर अर्का एकजना विद्यार्थी पनि गम्भिर घाइते भएका छन् । घाइते हुनेमा मोहम्मद समीर साफी रहेको ईलाका प्रहरी कार्यालय खजुरीले जनाएको छ ।

Featured