देश

पाँच किलो सुनसहित पक्राउ परेका भोटेलाई काठमाडौं पठाइयो

संखुवासभा, असोज ३०–सोमबार भोटखोला गाउँपालिकाबाट ५ किलोग्राम अवैध सुनसहित पक्राउ परेका तोप्चेन भोटेलाई बिहीबार काठमाडौं पठाइएको छ । उनलाई ५ किलो सुनसहित यती एयरको विमानबाट काठमाडौं पठाइएको संखुवासभाका प्रहरी प्रमुख मिम लामाले जानकारी दिएका हुन् ।

संखुवासभाका प्रहरी प्रमुख लामाका अनुसार भोटेलाई बरामद भएको सुनसहित राजस्व अनुसन्धान कार्यालय हरिहर भवन ललितपुरमा जिम्मा लगाइसकिएको छ । विशेष सुराकीका आधारमा चेपुवा प्रहरीले भोटेलाई भोटखोला गाउँपालिका–२ को घट्टेखोलाबाट पक्राउ गरेको थियो । उनले उक्त अवैध सुन चीनको तिब्बतबाट किमाथान्का नाकाबाट सदरमुकाम संखुवासभातर्फ ल्याउँदै गर्दा पक्राउ गरिएको प्रहरीको भनाइ छ । सुन ओसारपसार गर्न अन्य समेत चाँडै पक्राउ पर्ने प्रहरीको दाबी छ । सुन जिल्लाभन्दा बाहिर नै निर्यात हुने गरेको प्रहरीले जनाएको छ ।

Featured