देश राजनीति

सांसद साह पक्राउ प्रकरण : विराटनगरमा गृहमन्त्रीको पुत्ला दहन

विराटनगर, असोज ३०–प्रतिनिधिसभा सदस्य प्रमोद साहको रिहाईको माग गर्दै बिहीबार राष्ट्रिय जनता पार्टी (रापा) नेपाल, मोरङले विराटनगरमा गृहमन्त्रीको पुत्ला दहन गरेको छ । साहलाई गैर कानुनी रुपमा षड्यन्त्रपूर्वक गिरफ्तार गरिएको भन्दै राजपा मोरङका अध्यक्ष मो. कादीरको अगुवाईमा गृहमन्त्री राम बहादुर थापाको विबहिबार साँझ पुत्लान दहन गरेको हो ।

पुत्ला दहनमा राजपा केन्द्रीय नेता तबरेज हक, जिल्ला अध्यक्ष मो. कादीर, विद्यार्थी नेताहरु सिकु, विनोद गुप्तालगायत थिए । सांसद साहको रिहाई नभएसम्म आन्दोलन जारी रहने राजपा नेपाल निकट राष्ट्रिय विद्यार्थी संघ मोरङ जिल्ला संयोजक विपुल झाले जानकारी दिए ।

गत सोमबार बिहान ११ः४० मा जनकपुरबाट काठमाडौँ उडान हुनुपर्ने बुद्ध एयरको प्लेन डिले भएपछी जनकपुर विमानस्थलको बुद्ध एयरको काउण्टर तोडफोड गरेको आरोपमा साह पक्राउ परेका थिए । पक्राउ परेका साहलाई बुधबार जिल्ला अदालत धनुषाले चार दिनको म्याद थप गरेर हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । साह राष्ट्रिय जनता पार्टी नेपाल सर्लाहीका सांसद हुन् ।

Featured