देश राजनीति

विप्लव नेकपाको बैठकमा प्रहरी हस्तक्षेप, विप्लवका दाजुसहित २१ जना पक्राउ

काठमाडौं, असोज ३०–नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको राप्ती ब्युरोको बैठकमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले सो पार्टीको बैठकमा हस्तक्षेप गरी केन्द्रीय र ब्युरोका नेताहरु गरी २१ जनालाई पक्राउ गरेको हो ।

विप्लव नेकपाका राप्ती इन्चार्ज सुवाससहित ब्युरोका उच्च तहका अधिकांश नेताहरु पक्राउ परेको बताइएपनि उनीहरुको नाम भने खुलाइएको छैन । पक्राउ परेकामध्ये सो पार्टीका महासचिव विप्लवका दाजु वीरजंग समेत रहेको बुझिएको छ ।

उनीहरुलाई बैठक गरिरहेको अवस्थामा दाङको राजापुरबाट पक्राउ गरिएको ५ नम्बर प्रदेश प्रहरी प्रमुख डीआईजी सुरेश विक्रम शाहले जानकारी दिए । चुरेको मध्य जंगलमा बैठक बसेको सूचनाका आधारमा प्रहरीले खोजी गरी उनीहरूलाई पक्राउ गरेको हो ।

Featured