देश

युएईमा नेपालीको पारिश्रमिक वृद्धि प्रस्ताव

काठमाडौं, असोज ३०–युएईमा कार्यरत नेपालीहरुको पारिश्रमिकलाई समयानुकुल वृद्धि गर्ने विषयमा नेपाल र संयुक्त अरब इमिरेड्स (युएई) सरकारबीच छलफल भएको छ । आबुधाबी डायलगको पाँचौ मन्त्रीस्तरीय बैठकमा भाग लिन युएई गएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिस्ट र युएईका मानव संशाधनमन्त्री नसिर बिन अल हमालीसँगको छलफलमा पारिश्रमिक वृद्धि गर्ने विषयमा छलफल भएको हो ।

छलफलमा युएईमा जाने नेपाली कामदारहरुको सीप विकासका लागि नेपाल सरकार र युएई सरकारबीच सहकार्य गर्ने विषयमा समेत कुराकानी भएको छ । दुई देशका मन्त्रीस्तरीय बैठकमा नेपालबाट युएई जाने नेपाली श्रमिकहरुको हित प्रबद्र्धन गर्ने विविध विषयमा समेत छलफल भएको नेपाली राजदूतावास आबुधाबीले जनाएको छ । यो समाचार आजको कारोबार दैनिकले छापेको छ ।

Featured