NRNA खबर देश

एनआरएनएको मतदान भोलि १० बजे सम्मका लागि स्थगित

काठमाडौं, असोज २९–गैरआवासीय नेपाली संघ (एनआरएनए) को काठमाडौंमा जारी ९ औँ विश्व सम्मेलन भोलि १० गते सम्मका लागि स्थगित भएको छ । नयाँ नेतृत्वका लागि निर्वाचन प्रकृया सुरु भएर डेढ सय मत खसि सकेपछी प्राविधिक कारण देखाउँदै निर्वाचन समितिले मतदान स्थगित गरेको हो ।

ढेड सय मत खसि सक्दा प्राविधिक सामस्याका कारण मतदान स्थगित भएकोे हो । भोलि १० बजेदखी पुन ः मतदान सुरु हुने जनाइएको छ । नयाँ नेतृत्वका लागि कुमार पन्त र कुल आचार्य प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । अध्यक्षका उम्मेदवार पन्तको प्रस्तावकमा राधिका गुरुङ र समर्थकमा डीबी क्षेत्री रहेका छन् । त्यस्तै अध्यक्षका अर्का उम्मेदवार आचार्यको प्रस्तावकमा दिलबहादुर गुरुङ र समर्थकमा विश्व आदर्श पण्डित रहेका छन् ।

निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतदाता नामावली अनुसार चार जना निर्वाचित हुने उपाध्यक्ष पदमा ९ जनाको उम्मेदवारी परेको छ । जसमा हिक्मतबहादुर थापा, किरणबिक्रम थापा, अर्जुनकुमार श्रेष्ठ, नरेन्द्रबहादुर भाट, डा. बद्री केसी, मन केसी, धर्मराज अधिकारी, सोनाम लामा र डा।केशव पौडेल रहेका छन् ।

एक जना निर्वाचित हुने महिला उपाध्यक्षमा सपिला राजभण्डारी र रविना थापाको उम्मेदवारी परेको छ । महासचिवमा जानकी गुरुङ र डा. हेमराज शर्माको उम्मेदवारी परेको छ । गुरुङ आचार्य र थापा पन्त प्यानलका हुन् । २ जना निर्वाचित हुने सचिव पदमा ७ जनाको उम्मेदवारी परेको छ । जसमा दीपकप्रसाद ओली, सुष्मा लिम्बु, अभिमानसिंह बस्नेत, शिवकुमार बरुवाल, गौरीराज जोशी, आरके शर्मा र विनय अधिकारी रहेका छन् ।

त्यस्तै कोषाध्यक्ष पदमा तीन जनाको उम्मेदवारी परेको छ । जसमा आचार्य प्यानलबाट सोमनाथ सापकोटा, पन्त प्यानलबाट महेशकुमार श्रेष्ठले तथा स्वतन्त्र रुपमा सुदन थापाले उम्मेदवारी दिएका छन् । एक जना निर्वाचित हुने सहकोषाध्यक्षमा लोकप्रसाद दाहाल र गोविन्दप्रसाद गौतमको उम्मेदवारी परेको छ ।

महिला संयोजकमा प्रमिला खड्का बस्नेत, भोमादेवी लिम्बु र संगीता मरहट्टाको उम्मेदवारी परेको छ । युवा संयोजकमा हिमाल गुरुङ, स्वतन्त्रप्रताप थापा र सुदीप कार्कीको उम्मेदवारी परेको छ । अन्तर्गत आगामी कार्यकालको नेतृत्वका लागि मतदान स्ुरु भएको छ ।

अन्तिम समय सम्म सहमतिको प्रयास गरिएपनी सहमति हुन नसकेपछी निर्वाचन मार्फत नेतृत्वको टुंगो लगाउन मतदान सुरु भएको हो । काठमाडौं स्थित होटल हायातमा साँझ ७ बजेदेखी मतदान सुरु भएको थियो । एनआरएनए अध्यक्षका लागि कुल आचार्य र कुमार पन्तले बेग्ला बेग्लै प्यानल बनाएर उम्मेदवारी दर्ता गरेका छन् ।

Featured