देश राजनीति

नेकपा चियापानः सर्वसाधारणलाई महासचिव, भीआईपीलाई अध्यक्षद्वयको स्वागत

काठमाडौं, असोज २९–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दसैं, तिहार, छठलगायतका पर्वको अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा खाजासँगै स्वातगतमा समेत विविधता देखिएको छ । चियापानमा उपस्थित सर्वसाधारणलाई महासचिव विष्णु पौडेलसहित दोस्रो र तेस्रो तहका नेताले स्वागत गरेका छन् भने कूटनीतिक नियोगका पदाधिकारी र उच्च पदस्थ व्यक्तिको स्वागतमा भने प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० आफैंले स्वागत गरेका छन् ।

चियापानमा सर्वसाधारण र कूटनीतिक वृत्तका लागि खाजासमेत वेग्लावेग्लै स्थानमा व्यवस्था गरिएको छ । चियापानको शुरूमा कार्यक्रम स्थल पुगेका ओलीले सामाजिक सञ्जालमाथि केही क्षण आक्रोश पोखे । त्यसपछि कार्यक्रम स्थलबाट बाहिरिएका ओली ३ बजेपछि भीआईपी अतिथिको स्वागतका लागि पुनः चियापानस्थल पुगेका छन् ।

कांग्रेस नेता रामचन्द्र पौडेल, राप्रपा अध्यक्ष कमल थापालगायतलाई अध्यक्षद्वयले कार्यक्रम स्थल प्रवेशद्वारमै स्वागत गरे भने यतिबेला कूटनीतिक समुदाय चियापानमा सहभागी भइरहेका छन् ।

Featured