देश

धितो जग्गा जालसाजी गरेको आरोपमा बैंक सञ्चालक समिति सदस्य पक्राउ

जनकपुर, असोज २९–सहयोगी विकास बैंकका सञ्चालक समिति सदस्य दिपेन्द्रकुमार यादव पक्राउ परेका छन् । धितो जग्गा जालसाजी रहेको अभियोगमा उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । जनकपुरधाम( १० बस्ने लालबाबु रौनियारले महोत्तरीको बर्दिवासमा रहेको ५ कठ्ठा जग्गा यादवलाई व्यक्तिगत रुपमा दिएर ५० लाख रुपैयाँ ऋण लिएका थिए । केही वर्षपछि रौनियारले ब्याजसहित ७३ लाख रुपैयाँ भुक्तानी गरेका थिए । तर पनि उक्त जग्गा फिर्ता नपाएपछि पीडितले ६ वर्षअघि बैंकका सञ्चालक समिती यादवविरूद्ध मुद्दा दायर गरेका थिए ।

मुद्दा दायर भएको लामो समयपछि जालसाजी तथा ठगी गरेको अभियोगमा धनुषा जिल्ला अदालतले यादवका नाममा साउन १३ गते पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पूर्जी जारी भएलगत्तै यादव फरार भएका थिए । फरार भएको करिब २ महिनापछि यादव जनकपुर उपमहानगरपालिका( ८ स्थित आफ्नै घरबाट पक्राउ परेका हुन् । सो जग्गा यादवले २ करोड ७० लाख रुपैयाँ बेचिसकेको खुलेको छ ।

Featured