देश

एम्बुलेन्स किन्न सांस्कृतिक कार्यक्रम

बुटवल, असोज २८–बुटवलमा आईसीयू र सीसीयूजडित एम्बुलेन्स सञ्चालन गर्न रोटरी क्लव अफ सेन्ट्रल बुटवलले सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । यस क्षेत्रमा सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनका लागि कार्यक्रम गर्न लागिएको क्लबका अध्यक्ष राजेन्द्र कार्कीले बताए ।

उनका अनुसार यही कार्तिक २३ गते शनिबार बुटवल मण्डपमा कार्यक्रम सञ्चालन हुनेछ । कार्यक्रमबाट संकलित रकमबाट एम्बुलेन्स खरिद गर्ने क्लबको योजना छ । एम्बुलेन्स खरिदका लागि करिब ६० लाख रुपैयाँ आवश्यक पर्ने अध्यक्ष कार्कीले बताए ।

कार्यक्रम संयोजक दिनेशराज रेग्मीले यसअघि पनि क्लबको अगुवाईमा सांस्कृतिक कार्यक्रम गरी गौतम बुद्ध सामुदायिक मुटु अस्पताल स्थापना गरिएको जानकारी दिए । उनले भने, ‘यस पटक पनि एम्बुलेन्स खरिदमा सहयोग जुट्ने अपेक्षा लिएका छौँ ।’ उनका अनुसार सहयोगस्वरुप कार्यक्रमको टिकट दर १०, ५, ३ हजार रुपैयाँ राखिएको छ ।

Featured