NRNA खबर देश

गैर आवासीय नेपाली संघको ९ औँ विश्व सम्मेलन काठमाडौंमा सुरु, राष्ट्रपति भण्डारीले गरिन् उद्घाटन

काठमाडौं, असोज २८–गैरआवासीय नेपाली संघको नवौं विश्व सम्मेलन आजबाट काठमाडौंमा सुरु भएको छ । बौद्धस्थित ह्यात होटलमा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मेलनको उद्घाटन गरिन् । संघको नयाँ नेतृत्व चयनका लागि विश्वका ८१ वटा देशका करिब २५ सय प्रतिनिधि काठमाडौं आएका छन् ।

‘म, मेरो एनआरएनए र मेरो नेपाल’ भन्ने मूल विषयमा सम्मेलन केन्द्रित रहने छ । सम्मेलनसँगै नयाँ नेतृत्व छान्न भोलिबाट निर्वाचन प्रक्रिया पनि सुरु हुनेछ ।तीन दिनसम्म चल्ने सो सम्मेलनमा संसारभर आर्जन गरेको ज्ञान, सीप, प्रविधि र पुँजीलाई मातृभूमि नेपालको सामाजिक तथा आर्थिक विकासमा सदुपयोग गर्ने उद्देश्यलाई साकार पार्न विभिन्न दर्जभन्दा बढी सत्रहरुमा दफाबार छलफल बहस गरी निकर्ष निकालिने कार्यक्रम रहेको छ ।

ति सबै सत्रहरुमा नेपाल सरकारको प्रतिनिधिहरु उपस्थित रहनेछ । सरकारको अभिन्न अंग बनेको यस संस्थाको विश्वसम्मेलनको मुल आयोजक नेपाल सरकार रहेकोले पनि यस सम्मेलनले पारित गर्ने विषय र दस्तावेज सरकारको स्वामित्वमा रहनेछ । संघको अध्यक्षमा वर्तमान उपाध्यक्षद्वय कुल आचार्य र कुमार पन्त छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा छन् ।

Featured