खेलकुद विदेश

रोनाल्डो ७ सय गोल नजिक

काठमाडौ, असोज २५–क्रिष्टियानो रोनाल्डो करियरको ७०० गोलनजिक पुगेका छन्। यसक्रममा उनले पोर्चुगललाई युरोकप छनोटमा लग्जम्बर्गमाथि सहज जित पनि दिलाए। शुक्रबार राति भएको खेलमा पोर्चुगलले लग्जम्बर्गलाई ३–० गोल अन्तरले हराएको हो। घरेलु मैदानमा भएको खेलमा पोर्चुगलले १६ औं मिनेटमा बर्नाडो सिल्भाको गोलबाट अग्रता लिएको थियो।

दुई गोल भने दोस्रो हाफमा भयो। खेलको ६५ औं मिनेटमा रोनाल्डोले पोर्चुगलका लागि गोल गरे। यो उनको करियरको ६९९ गोल हो। अब उनले सोमबार युक्रेनविरुद्ध गोल गरे ७०० गोल पुरा गर्ने छैटौं फुटबलर बन्नेछन्।

पोर्चुगलका लागि तेस्रो गोल भने अन्तिम मिनेटतिर गोन्जालो गेइजले गरेका थिए। जितसँगै पोर्चुगल ५ खेलबाट ११ अंकका साथ समूह बीको दोस्रो स्थानमा छ । शीर्गा स्थानमा रहेको युक्रेनको ६ खेलबाट १६ अंक छ भने तेस्रो स्थानमा रहेको सर्बियाको ७, चौथो स्थानमा रहेको लग्मबर्गको ४ र पुछारको लुथिआनियाको १ अंक छ ।

Featured