देश

मनसुन बाहिरियो

काठमाडौं, असोज २५–यस वर्षको मनसुन औसतभन्दा १९ दिन ढिलो गरी नेपालबाट बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालबाट मनसुन आज बाहिरिएको हो । औसतमा नेपालमा मनसुन सेप्टेम्बर २३ मा बाहिरिने गर्दछ।

यस वर्ष नेपालमा औसत भन्दा १० दिन ढिलो गरी जून २० मा मनसुनको आगमन भएको थियो । औसतमा पूर्वी नेपालमा १० जूनमा र काठमाडौंमा १२ जूनमा मनसुनको आगमन हुने गर्दछ। यसै आधारमा यस वर्ष नेपालमा मनसुन ११५ दिन सम्म रह्यो।

महाशाखाको अभिलेख अनुसार नेपालमा सन् १९७९ को ७३ दिनको मनसुन सबैभन्दा छोटो र सन् २००८ को १३० दिनको मनसुन सबैभन्दा लामो मनसुन रहेको छ। मनसुन आगमन सन् १९९६ मे ३१ मा अहिलेसम्मको सबैभन्दा छिटो र १९८२ जून २७ मा अहिलेसम्मको सबैभन्दा ढिला भएको थियो । मनसुन बहिर्गमन भने सबैभन्दा छिटो सन् १९९५ सेप्टेम्बर २ र सबैभन्दा ढिला सन् २०१३ अक्टुबर १९ मा रहेको छ।

Featured