NRNA खबर देश

गैर आवासीय नेपाली संघको विश्व सम्मेलनमा विश्वका ४३ देशबाट २९ सय प्रतिनिधि सहभागी हुँदै

काठमाडौँ, असोज २३–गैर आवासीय नेपाली संघ (एनाआरएनए) को नवौँ विश्व सम्मेलनमा करिब २ हजार ९ सय प्रनिनिधि सहभागि हुने भएका छन् । आगामी अक्टोवर १५ देखी १७ तारिख सम्म काठमाडौँमा हुने गैर आवासीय नेपाली संघ(एनआरएनए) मा आवद्ध विश्वका ४३ देशबाट २ हजार ८ सय ९८ जना प्रतिनिधिहरु सहभागि हुने भएका हुन् ।

सम्मेलनमा सहभागी हुन संसारभरका एनआरएनहरु नेपाल आउने क्रम सुरु भएको छ । अन्तराष्ट्रिय समन्वय परिषदमा आगामी कार्यकाल २०१९–२०२१ सम्मका लागि विभिन्न पदका आकांक्षीहरुले झण्डै २ महिना पहिले देखिनै उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको थियो । उम्मेदवारी घोषणासँगै निर्वाचन परिणाम आफ्नो पक्षमा पार्नका लागि चुनावी सभा, छलफल र प्रतिवद्धताहरु सार्बजनिक गर्ने क्रम बढेको छ । विभिन्न पदका आकांक्षी उम्मेदवारहरु काठमाण्डौं पुगिसकेका छन् ।

कतिपय देशका पञ्जिकृत सदस्यहरुको सूची एमआइएस प्रणालीमा दर्ता भएन
महाधिवेशन सम्पन्न गर्न सांगठनिक प्रकृया अनुशरण गर्न अत्यन्त जरुरी हुन्छ । निर्वाचनसम्बन्धी नियमावली २०१९ मा हरेक राष्ट्रिय समन्वय परिषदले आफ्ना पञ्जिकृत सदस्यहरुको विवरण एमआइएस प्रणालीमा अनिवार्य दर्ता गर्नुपर्ने प्रावधान राखिएको छ । तर, विश्वमै सर्वाधिक पञ्जिकृत सदस्य बनाएको बेलायतसहित इजरायललगायतका देशहरुले अझैसम्म आफ्ना पञ्जिकृत सदस्यहरुको सूची एमआइएस प्रणालीमा दर्ता गरेका छैनन् । यसले महाधिवेशनमा विवाद ल्याउन सक्नेछ ।

केन्द्रको वेबसाइटमा उल्लेख भए अनुसार संसारभरका ५८ हजार ६४१ पञ्जिकृत सदस्यहरुको सूची एमआइएस प्रणालीमा दर्ता भएको छ । जसमा ४३ देशका समन्वय परिषदहरु समावेश छन् । अद्यावधिक गरिएको तथ्याङ्क अनुसार २ हजार ८ सय ८९ जना प्रतिनिधिहरुले भाग लिन पाउने उल्लेख छ ।

तर, केन्द्रले तोकिएको दिनसम्म राष्ट्रिय समन्वय परिषदहरुले पञ्जिकृत सदस्यहरु र प्रतिनिधिहरुको सूची उपलब्ध नगराउदा स्वाभाविक रुपमा नियम र प्रकृया मिचिदै जान सक्ने खतरा रहेको सरोकारवालाहरुको भनाइ छ । जति बढी विधि विधान, नियम प्रकृया मिचिन्छन् पक्ष विपक्षबीच भनाभन, विवाद, मतभेद र मनमुटाव बढ्दै जान्छन् । तसर्थ निर्वाचन समिति र अन्तराष्ट्रिय समन्वय परिषद प्रकृया अनुशरण गर्न गराउन कडा रुपमा प्रस्तुत हुन जरुरी रहेको उनीहरुले बताए ।

महाधिवेशन सम्पन्न हुन अब एक हप्ता मात्र बाँकी छ । एनआरएनए केन्द्रले आफ्नो वेबसाइटमा एमआइएस प्रणालीमा दर्ता भएका र महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको तथ्याङ्क सार्वजनिक गरेको छ । यद्यपि यसमा पुनर्सम्पादन हुने जनइएको छ । तथ्याङ्कमा उल्लेखित विवरणका आधारमा १५ देशबाट १०० भन्दा बढी प्रतिनिधि सहभागी हुन पाउनेछन् ।

११ देशमा दुई हजारभन्दा बढी पञ्जिकृत सदस्यहरु छन् । ती देशहरुमा अष्ट्रेलिया, अमेरिका, कतार, जापान, मलेशिया, कोरिया, क्यानाडा, पोर्चुगल, जर्मनी, बेल्जियम र न्युजिल्यान्ड रहेका छन् । यी ११ वटा हरेक देशबाट १ सय २५ भन्दा बढी प्रतिनिधिहरु महाधिवेशनमा सहभागी हुनेछन् । साउदी अरब, डेनमार्क, ओमन र हङकङले पनि एक हजार बढी सदस्य बनाएका छन् । यी चार देशबाट पनि १०० भन्दा बढी प्रतिनिधि समावेश हुनेछन् । यी देशहरुनै सम्मेलन मार्फत हुने निर्वाचन परिणामको निर्णायक भुमिकामा हुनेछन् ।

कुन देशबाट कति सहभागी ?

SN Country Total Approved Members Delegates Available
1 AUSTRALIA 11638 175
2 UNITED STATES 9089 168
3 QATAR 4374 148
4 JAPAN 3054 138
5 MALAYSIA 3024 138
6 KOREA (South) 3005 138
7 CANADA 2357 129
8 PORTUGAL 2175 127
9 GERMANY 2027 125
10 BELGIUM 2005 125
11 NEW ZEALAND 2002 125
12 SAUDI ARABIA 1253 106
13 DENMARK 1064 102
14 OMAN 1019 100
15 HONG KONG 1009 100
16 KUWAIT 983 98
17 NETHERLANDS 800 80
18 MACAU 791 79
19 SPAIN 771 77
20 RUSSIAN FEDERATION 712 71
21 NORWAY 648 64
22 IRELAND 617 61
23 BAHRAIN 604 60
24 ITALY 392 39
25 CZECH REPUBLIC 391 39
26 UNITED ARAB EMIRATES 379 37
27 FRANCE 372 37
28 MALTA 276 27
29 SWEDEN 270 27
30 CHINA 262 26
31 POLAND 253 25
32 FINLAND 201 20
33 SWITZERLAND 167 16
34 CYPRUS 149 14
35 THAILAND 126 12
36 AUSTRIA 88 8
37 LUXEMBOURG 81 8
38 UGANDA 61 6
39 NIGERIA 42 4
40 GHANA 39 3
41 KENYA 31 3
42 VIETNAM 30 3
43 EQUATORIAL GUINEA 10 1
TOTAL 58641 2889

कुन पदमा कस्को उम्मेदवारी घोषणा ?
विश्व सम्मेलन नजिकिदै गर्दा उम्मेदवारी घोषणा गर्ने क्रम समेत बढ्दो छ । हाल सम्म गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको नवौ विश्व सम्मेलन तथा अन्तराष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दिने घोषणा गरिसकेकाहरुको विवरण यस्तो छ :

अध्यक्षमा : कुमार पन्त (जर्मनी) र कुल आचार्य (बेलायत)

खुल्लातर्फ ४ उपाध्यक्षका लागि : डा. बद्री केसी (रुस), अर्जुनकुमार श्रेष्ठ (बेल्जियम), थर्क सेन (बेलायत), सोनाम लामा (अमेरिका), रबिना थापा (अमेरिका), हिक्मत थापा (नाइजेरिया), धर्मराज अधिकारी (अष्ट्रेलिया), मन क्षेत्री (अष्ट्रेलिया), त्रिलोक गुरुङ (हङ्कङ), किरणबिक्रम थापा (जापान) र नरेन्द्र भाट (कतार)

महिला उपाध्यक्षका लागि : रञ्जु वाग्ले थापा (अष्ट्रेलिया) ‘..
महासचिव पदका लागि : डा. हेमराज शर्मा (बेलायत), जानकी गुरुङ (बेल्जियम), डा. केशव पौडेल (अमेरिका) र डीबी क्षेत्री (ओमन)
सचिव पदका लागि : गौरीराज जोशी (अमेरिका), आरके शर्मा (कतार), शिवकुमार बरुवाल (बेल्जियम), दीपकप्रसाद ओली (इजरायल), बिनय अधिकारी (बेलायत), अभिमानसिंह बस्नेत (अष्ट्रेलिया), कृष्ण गिरी (अष्ट्रेलिया)

कोषाध्यक्ष पदका लागि : महेशकुमार श्रेष्ठ (जापान), सुदन थापा (जापान) र सोम सापकोटा (बेलायत)

सह–कोषाध्यक्ष पदका लागि : गोबिन्द गौतम (रुस), लोक दाहाल (बेल्जियम) र एसी शेर्पा (अमेरिका)

महिला संयोजक पदका लागि : संगीता मरहठ्ठा (बेलायत), जुनु गुरुङ (दक्षिण कोरिया) र प्रमिला बस्नेत (क्यानाडा)

युवा संयोजक पदका लागि : हिमाल गुरुङ (नेदरल्याण्डस्), यामेन्द्रकुमार घर्ती (पोर्चुगल), स्वतन्त्रप्रताप शाह (अष्ट्रेलिया), सुदीप कार्की (युएइ)

युरोप संयोजकका लागि : गंगाधर गौतम (बेल्जियम), नारायण आचार्य (नेदरल्याण्डस्), एकराज गिरी (स्पेन), पदम गुरुङ (बेल्जियम), प्रेम गुरुङ (बेल्जियम), सन्तोषकुमार भट्टराई (जर्मनी)

युरोप सह संयोजकका लागि : शम्भु गौतम (पोर्चुगल), शुक्रराज न्यौपाने (आयरल्यान्ड), सुरेन्द्र प्रधान (जर्मनी), कृष्ण तिमिल्सिना (बेलायत), मुक्तबहादुर गुरुङ (स्पेन)

हाल सम्म ५० देशको अधिवेश सम्पन्न
विश्व सम्मेलन तथा अन्तराष्ट्रिय महाधिवेशनमा सहभागी हुन हरेक राष्ट्रिय समन्वय परिषदले अधिवेशन सम्पन्न गरिसक्नुपर्ने हुन्छ । ८० देशमा एनआरएनएको गठन भइसकेको भए पनि थुप्रै देशका समन्वय परिषदहरु निष्कृय रहेको पाइएको छ । विश्व सम्मेलन नजिकिदै गर्दा अहिलेसम्म ५० वटा राष्ट्रिय समन्वय परिषदको अधिवेशन मात्र सम्पन्न भइसकेको पाइएको छ । हालसम्म अधिवेशन सम्पन्न भएका गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदको सूची तल उल्लेख गरिएको छ ।

SN Country President General Secretary Region
1 Australia Keshav Kandel Gyanendra Regmi Ocenia
2 Austria Binod Chaulagain Bhawani Tiwari Europe
3 Bahrain Laxmi Giri Raj Kmr Shrestha Middle East
4 Belgium Chitra Subedi Tirtha Dhamala Europe
5 Canada Chiranjibi Ghimire Pitambar Bhattarai USA
6 China Pradeep Neupane Yam Bdr Chhetri Asia Pacific
7 Cyprus Dil Kmri Tilija Pun Kripa Thapa Europe
8 Czech Republic Dr Chiranjibi Khadka Binod Dhakal Europe
9 Denmark Rabindra Khadka Shailendra Adhikari Europe
10 Equatorial Guinea Krishnachandra Sedhain Bishnuhari Sedhain Africa
11 Finland Shrawan Khanal Khimananda Chapagain Europe
12 France Narendra Shahi (Thakuri) Min Shrestha Europe
13 Germany Hari Nyaupane Lokmani Lamsal Europe
14 Ghana Roshan Shrestha Kapil Psd Nyaupane Africa
15 Hongkong Tika Gurung (Radhika) Gokarna Psd Dhakal Asia Pacific
16 Ireland Milan Chhantyal Om Adhikari Europe
17 Israel Shanta Gyawali Shree Krishna Bhandari Europe
18 Italy Devraj Gurung Bhabesh Kmr Singh Europe
19 Japan Devilal Bhandari Janak Bikram Shahi Asia Pacific
20 Kenya Suraj Dumre Tika Dhital Africa
21 KSA Tej Bahadur Thapa Umesh Bhattarai Middle East
22 Kuwait Sujan KC Man Bdr Tamang Middle East
23 Lebanon Ashok Thapa Dhamendra Dahal Middle East
24 Luxemburg Hari Khatri Yam Bdr Khatri Europe
25 Madagascar Ramesh Rai Homnarayan Shrestha Africa
26 Makau Purna Bdr Gurung Shiva Thapa Asia Pacific
27 Malaysia Hari Bhattarai Hemraj Sapkota Asia Pacific
28 Malta Raju Aryal Sandesh KC Europe
29 Netherlands Shreeram Kandel Sangharshashil KC Europe
30 Newzealand Lal Bdr KC Dayanidhi Gautam Ocenia
31 Nigeria Roshan Thapa Abhishekman Singh Africa
32 Norway Nayan Malla Pabitra Basnet Europe
33 Oman Sewanta Purja Pun Rabin Shilpakar Middle East
34 Poland Naresh Sapkota Kabindra Subedi Europe
35 Portugal Tilak Gaire Hemraj Subedi Europe
36 Qatar Mohammad Muktada Padam Giri Middle East
37 Romania Aalok Shah Khagendra Adhikari Europe
38 Russia Shivamani Bhurtel Indra Psd Bhusal Europe
39 S. Africa Dr. Pushparaj Bhattarai Dr. Gopal Janawali Africa
40 S. Korea Yagyaraj Subedi Dr. Bimal Subedi Asia Pacific
41 Spain Dinesh Gurung (Deukaji) Umraj Dhakal Europe
42 Sweden Dinesh Kmr Shrestha Raj Kmr Pathak Europe
43 Switzerland Shiva Kmr Limbu Kul Psd Shiwakoti Europe
44 Tanzania Pushparaj Bhattarai Shreya Shakya Africa
45 Thailand Ashajit Awale Rabi Maharjan Asia Pacific
46 UAE Prakash Koirala Nishchal Dahal Middle East
47 UK Punam Gurung Fadindra Bhattarai Europe
48 USA Sunil Shah Pashupatiraj Pandey USA
49 Yuganda Binod Thapa Kamaldatta Bhatta Africa
50 Zambia Pramod Sharma Poshanraj Basnet Africa

Featured