खेलकुद देश

नेपालले पायो १४६ रनको लक्ष्य

काठमाडौं, असोज २२–ओमनमा जारी टी–२० अन्तर्रा्ष्ट्रिय क्रिकेट श्रृंखलाअन्तर्गत आजको खेलमा नेपाललाई आयरल्याण्डले १४६ रनको लक्ष्य दिएको छ । श्रृंखलामा नेपालको यो तेस्रो खेल हो । टस जितेर ब्याटिङ रोजेको आयरल्याण्डले २० ओभरको समाप्तिमा ८ विकेट गुमाएर १४५ रन जोड्यो । आयरल्याण्डका पाउल स्टर्लिङले सर्वा्धिक ५९ रन बनाए ।

आयरल्याण्डको इनिङको दोस्रो ओभरमै स्कोरबोर्डमा ७ रनमात्र जोडिएको अवस्थामा सन्दिप लामिछानेले केभिन ओब्राइनलाई आउट गरे पनि त्यसपछि आयरल्याण्ड सम्हालिएर खेल्दै विशाल योगफलतर्फ अग्रसर भएको थियो । तर, १२औँ ओभरमा ललितनारायण राजवंशीले २८ बलमा आक्रामक ३८ रन बनाएका एन्डी बल्बिर्नाइलाई आउट गरेपछि नेपाल खेलमा फर्कियो । नेपालले लगत्तै दुइवटा रनआउटको अवसर गुम्न दिएन । टेस्ट मान्यताप्राप्त राष्ट्र आयरल्याण्डविरुद्ध अब नेपाली ब्याट्सम्यानको खास परीक्षा हुनेछ । शृंखलामा नेपालले यसअघि हङकङ र नेदरल्याण्डविरुद्धका दुवै खेल जितेको छ ।

Featured