देश

पूर्वप्रधानमन्त्री भट्टराईले ९० वर्षीय पिताबाट लगाए टीका

काठमाडौं, असोज २१–पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ९० वर्षीय पिता भोजप्रसाद भट्टराईको हातबाट टिका ग्रहण गरेका छन् । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष समेत रहेका भट्टराईले टिका ग्रहण गरेको फोटो राख्दै लेखेका छन्, ‘सबैको भलो होस ! देशमा शान्ति, सुशासन र समृद्धिको बर्षा होस ! असत्य र अन्यायमाथि सत्य र न्यायको विजय होस !’ रासस

Featured