देश

अर्घाखाँचीमा जीप दुर्घटना, तीनको मृत्यु

अर्घाखाँची, असोज २१–अर्घाखाँचीको नरपानीमा हिजो दिउँसो भएको जीप दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । कृष्णनगरबाट ठाडा हुँदै सन्धिखर्कतर्फ आउँदै गरेको लु१ज ४३२९ नंको जीप दुर्घटनामा परेको हो । घटनास्थलबाट तीन जनाको शव भेटिएको र उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टले बताए । मृतकको सनाखत भएको छैन ।

घटनास्थलबाट पाँच जना घाइतेलाई उपचारका लागि सन्धिखर्क ल्याउँदै गरिएको र घटनास्थलतर्फ आफूहरु जाँदै गरेको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए । रासस

Featured