देश

चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान

विराटनगर, असोज १९–चाडपर्वका अवसरमा मोरङको जहदा गाउँपालिका वडा नम्बर ४ ले शुभकामना आदानप्रदान गरेको छ । दशैँ, तिहार, छठ लगायतका पर्वको अवसर पारेर सो वडाले शुभकामना आदानप्रदान गरेको हो ।

सो अवसरमा समाजवादी पार्टीका केन्द्रीय सदस्य संजय सिंहले चाड पर्वहरुले समाजलाई एकताको सुत्रमा बाँध्ने बताउँदै आफ्नो धर्म र संस्कृति जगेर्ना गर्नुपर्ने बताए । कार्यक्रममा नेपाल कम्युनष्ट पार्टी (नेकपा) प्रदेश कमिटि सदस्य मृत्युन्जयकुमार झा, सो गाउँपालिका–२ का वडाध्यक्ष राजेश श्रेष्ठ, कार्यपालिका सदस्यहरुको समेत उपस्थिती रहेको थियो ।

जहदा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष जयनरथ गिरि(कृष्ण गिरि) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडावासीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

Featured